PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एल्बम 'माया' विमोचनसँगै हङकङमा भद्रकलाको एकल साँझ



पहिलोपोस्ट

एल्बम 'माया' विमोचनसँगै हङकङमा भद्रकलाको एकल साँझ

काठमाडौं : भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम 'माया' विमोचन गरिएको छ। संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल, गीतकार उन्नती बोहरा शिला, संगीतकार राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए।

एल्बममा ११ गीत समावेश छन्। सुरेश अधिकारी, राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको एल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निकिता थापाको स्वर छ।

केहि गीतमा संगीतकार बादलकै स्वर छ। नेपालमा एल्बम विमोचन गरेर सोहि दिन भद्रकलाले हङकङमा एकल रचनाहरुको गायन साँझ पनि सम्पन्न गरिन् । एकल गायनमा राजेश पायल राई, बादल लिम्बु, प्रविशा अधिकारीले साथ दिए। उनीहरुले त्यहाँ १ दर्जन गीतहरु प्रस्तुत गरेका थिए। भद्रकलाका गीतमा अभिनेत्री मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell