PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै



पहिलोपोस्ट

आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै
फाइल फोटो

काठमाडौँः आज माघ माघे संक्रान्ति। सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर सङ्क्रान्ति पनि भनिन्छ।

आजदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन्। धार्मिक मान्यता अनुसार उत्तरायण सुरु हुने भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य मानिन्छ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ।  माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ। जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ।

 

थारु समुदायको माघी पर्व

थारु समुदायले माघ १ मा नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदैछन्।  माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ माघी मनाइन्छ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell