PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सिजनको पहिलो नटआउट टुर्नामेन्टको उपाधि झापा ११ लाई, आर्मीको दुई छुट्टा-छुट्टै टिमले एकै दिन खेले दुई प्रतियोगिता



पहिलोपोस्ट

सिजनको पहिलो नटआउट टुर्नामेन्टको उपाधि झापा ११ लाई, आर्मीको दुई छुट्टा-छुट्टै टिमले एकै दिन खेले दुई प्रतियोगिता

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत मंसिर अन्तिममा मोफसलको नकआउट टुर्नामेन्टहरुलाई वर्गीकरण गर्दै मिति समेत तोकेको थियो।

यस वर्षको सुरुमा एन्फा नयाँ नेतृत्व आएपछि साढे चार वर्षपछि शहिद स्मारक ए डिभिजन लिग आयोजना भयो। तर रेलिगेशन बिनाको लिग भएका कारण त्यसको पनि धेरै आलोचना भयो।

एन्फाले मोफलसलको करिब दुई दर्जन टुर्नामेन्टलाई बर्गिकरण गर्दा पनि आलोचना भयो। जम्मा पाँच महिनाको समयमा आयोजकले एन्फाले उपलब्ध गराएको मितिअनुसार टुर्नामेन्ट आयोजना गर्नुपर्ने थियो।

ए डिभिजन लिग सकिने बित्तिकै खेलाडीहरु गोल्डकप टुर्नामेन्ट खेल व्यस्थ हुन थाले। एन्फाले सार्वजनिन गरेको तालिका अनुसार धेरै क्लबलाई कुन टुर्नामेन्ट खेल्ने, कुन नखेल्ने भनेर निर्णय लिन समेत गाह्रो भएको देखिन्छ। एउटा क्लबले एउटा टुर्नामेन्टमा भाग लिएपनि एकै खेलाडीभने एउटै समयमा दुई टुर्नामेन्टमा खेल्न थालिसकेका छन्।

यस सिजनको पहिलो गोल्डकप १०औँ फाल्गुनन्द गोल्डकप सम्पन्न भएको छ। पुष २३ देखि ३० गतेसम्म भएको फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ। झापा पाँचथरको फिदिममा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो। झापाले नगद ४ लाख हात पार्‍यो। आर्मीको यो दोस्रो रोजाईँको टिम थियो। युद्ध शाहीको कप्तानीमा रहेको आर्मीको प्रशिक्षकमा गंगाराम देउजा थिए।

उता आर्मीकै पहिलो रोजाईँको टिम भने अहिले विशाश गोल्डकप खेलिरहेको छ। बर्मीको दुई छुट्टा-छुट्टै टिम आज दुई फरक प्रतियोगिताको लागि मैदान उत्रिएको थियो।

भरत खवासले ह्याट्रिक गर्दा पहिलो रोजाईको टिमले वीरगंजमा नवजनजागृती क्लबलाई ३-० ले पारजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। दोस्रो रोजाईँको टिम फाइनल पुगेर पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

यस्तै पुष २४ देखि नै धनगढीमा तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। १२ टिम सहभागि यस टुर्नामेन्टमा साविक विजेता आर्मी भने सहभागि छैन। आर्मीले अन्य दुई टुर्नामेन्ट खेलिरहेका कारण खप्तड गोल्डकपका लागि सहभागि नभएको प्रष्ट छ। तर खप्तड गोल्डकपको आयोजकले भने आर्मीलाई सहभागिताको लागि निमन्त्रणा नै नपठाएको जनाएको थियो।

एन्फाले मोफसलको गोल्डकपलाई व्यवस्थित बनाउन भनेर वर्गीकरण गरेपनि एउटै समयमा तीन टुर्नामेन्ट हुँदा क्लब र खेलाडीलाई कुन खेल्ने भन्ने मै दोधार देखिन थालेको छ।

विशाल गोल्डकपमा शेर्पाका लागि खेलेका विश्वास श्रेष्ठ

शनिवार काकडभित्ताको लागि सुदूरपश्चिम खप्तड गोल्डकप खेलेका स्ट्राइकर विश्वास श्रेष्ठले आइतवार वीरगंजमा हिमालयन शेर्पाका लागि विशाल गोल्डकप खेले। संयोगवस दुवै प्रतियोगितामा उनको टिम विजयी भएको छ। दुवै प्रतियोगितामा विश्वासको टिम सेमिफाइनल पुगेको छ। विशाल गोल्डकपमा विश्वासले एपीएफविरुद्ध ह्याट्रिक नै गरेका थिए।

खप्तड गोल्डकप खेल्दै विश्वास श्रेष्ठ

खप्तड गोल्डकपमा काकडभित्ताले अब सेमिफाइनलमा थ्री स्टार क्लबसँग खेल्नेछ भने विशाल गोल्डकपमा हिमालयन शेर्पाले वीरगंज एघार सँग सेमिफाइनलमा खेल्नेछ।

काकडभित्ता र थ्री स्टारको खेल माघ २ गते बुधवार रहेको छ।

यसैगरी फाल्गुन्न गोल्डकप जितेको झापा एघार टोली आजै राती वीरगंज प्रस्थान गर्दैछ। झापाले मंगलवार वीरगंजमा विशाल गोल्डकपमा भारत सिलगुरीको रोएल एफसीसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell