PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमएम कप क्रिकेट : रुपेश कुर्मीले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ विजयी



पहिलोपोस्ट

एमएम कप क्रिकेट : रुपेश कुर्मीले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ विजयी

सुनसरी : रुपेश कुर्मी एक्लैले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ ले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतीय क्लव सुफललाई पराजित गरेको छ।

सुनसरीको इनरुवामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह सी को पहिलो खेलमा सोमवार प्रदेश ५ ले सुफललाई २३ रनले पराजित गरेको हो।

सुनसरी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४९.२ ओभरमा सबै विकेट गुमाएर २५३ रन बनाएको थियो।

प्रदेश ५ का लागि प्रकाश केसीले सर्वाधिक ४६, सुबेन्दु पाण्डेले ४०, कृष्ण कार्कीले ३८ र सन्दिप सुनारले ३० रन बनाए। यस्तै रुपेश कुर्मीले १७, सन्दिप रजाली र राज सिंहले १४-१४ र विक्रम भुषाल १२ रन जोडे। सुफलका लागि मंयक पामनानी, जितेन्द्र कुमार पोदार र राजाले ३-३ विकेट लिए।

२५४ रनको लक्ष्य पछ्याएको भारतीय टोली सुफल अन्तिम ओभरमा २३० रनमा अलआउट भयो। सुफलका लागि जयचन्द यादवले सर्वाधिक ४०, राजेश सिंहले ३९, उत्कर्ष भास्कर ३७ र रिन्कु सिंहावतले ३४ रन बनाए।

प्रदेश ५ लाई जित दिलाउन रुपेश कुर्मीले ७.१ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर ५ विकेट लिए। यस्तै विक्रम भुषाल र सन्दिप सुनारले २-२ तथा कृष्ण कार्कीले १ विकेट लिए।

खेलमा ५ विकेट लिएका प्रदेश ५ का रुपेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलवार समूह डी कव प्रदेश नम्वर ७ र प्रदेश नम्वर ५ बीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell