PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विशाल गोल्डकप : भरत खवासको ह्याट्रिकमा आर्मी सेमिफाइनलमा



राधेश्याम पटेल

विशाल गोल्डकप : भरत खवासको ह्याट्रिकमा आर्मी सेमिफाइनलमा

वीरगंज : कप्तान भरत खवासले ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको दोस्रो विशाल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

भरतको ह्याट्रिक मद्दतमा आर्मीले बारा सिमराको नव जनजागृती युवा क्लबलाइ ३–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

नारायणी रंगशालामा भएको खेलमा भरतले ४३औं मिनेटमा पहिलो गोल गर्दै बर्मीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आर्मीले दुई गोल थप्यो।

दोश्रो हाफको तेश्रो मिनेटमा मिडफिल्डबाट सिमराका तीन जना खेलाडीहरुलाई छलाउँदै एकल प्रयासमा भरतले दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे।

दोश्रो हाफको ३४औं मिनेटमा सिमराको डिबक्स एरिया भित्र सिमराका कप्तान सुनील राउतले आर्मीका कप्तान खवासलाई पछाडिबाट ट्याक्ल गरेर लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई कप्तान भरतले गोलमा परिणत गरेपछि आर्मीले नव जनजागृतीमाथि ३-० को सहज जित हात पारेको हो।

ह्याट्रिककर्ता आर्मीका कप्तान भरत खेलको म्यान अफ दी म्याच घोषित भए। आर्मीले अब फाइनल प्रवेशका लागि मंगलवार हुने झापा ११ र भारत सिलीगुरीका रोयल एफसीबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा आर्मीसँगै आयोजक वीरगन्ज ११ र सशस्त्र प्रहरीको एपीएफ क्लबले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्।  

वीरगंजका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व. विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागीता छ।

माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले कपसहित नगद पाच लाख ५५ हजार पाच सय ५५ र उपविजेताले दुइ लाख ७७ हजार सात सय ७७ रुपैया पुरस्कार प्राप्त गर्नेछ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाइ मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाइ नगद पाच हजार रुपैया प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell