PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रिन्स सेमिफाइनलमा, युगल स्पर्धामा एपीएफका खेलाडी हावी



पहिलोपोस्ट

प्रिन्स सेमिफाइनलमा, युगल स्पर्धामा एपीएफका खेलाडी हावी

विभागीय टोली एपीएफका जोडी अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फ हावी भएका छन्।

सोमवार सम्पन्न क्वाटरफाइलनबाट एपीएफका तीन जोडीले सेमिफाइनल यात्रा तय गरे। एपीएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले बिबिएका सिमा राजबंशी र सुजन श्रेष्ठको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। यस्तै एपीएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई २१-१२, २१-१८ ले  पराजित गर्दै सेमिफाइनलमा श्रेष्ठको जोडीसंग भेट पक्का गरे।

अर्को खेलमा सेनाका अनुमाया राई र नम्बर एक पुरुष खेलाडी रत्नजित तामाङ्गको जोडीले बिबिएका निता लम्साल र प्रनिश सिंह ठकुरीको जोडीलाई २१-१०, २१-१३ ले पराजित गरे। यो जोडीले सेमिफाइनलमा एपीएफका शोभा गौचन र बिजित थापा मगरसँग खेल्नेछन्। शोभा र बिजितको जोडीले बिबिएका सूर्य श्रेष्ठ र धनमाया लिम्बुको जोडीलाई २१-१४, २१-१३ ले हराए।

दूर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगितामा अन्तर्राष्ट्रिय पदक विजेता प्रिन्स दाहालले आफ्नो विजय यात्रालाई कायम राख्दै क्वाटरफानलमा एपीएफका गौतम कठायतलाई २३-२१, २१-१३ ले पराजित गर्दै सेनाका रुकेश महर्जनसंग भेट पक्का गरे। रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१-१४, ११-२१, २१-१६ ले हराए।

यसैगरि सेनाका प्रफुल महर्जनले एपीएफका बिजित थापा मगरलाई २१-१५, १५-२१,२२-२० को सेटमा हराए। अब प्रफुलले एपीएफका सुनिल जोशीसंग खेल्नेछन्। सुनिलले पुलिसका जीवन आचार्यलाई २१-१४, १७-२१, २१-१४ ले पराजित गरे।

पुरुष युगलतर्फ एपीएफका दिपेश धामी र बिजित थापामगरको जोडीले दमकका प्रकाश राई र सुदेन राईको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी संग सेमिफाईनल भेट पक्का गरे। महर्जन जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीका जोडीलाई २१-१३, २१-११ हराए।

यसैगरि सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सूर्य श्रेष्ठ र रविन साउदेनको जोडीलाई २१-१४, २१-१७ ले हराउँदै सेमिफाइनलमा पुगे। रत्नको जोडीले अब फाइनल प्रवेशका लागि एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडीसंग प्रतिस्पर्धा गर्नेछन्। गौतम र सुनिलको जोडीले पुलिसका बिष्णु कटवाल र जीवन आचार्यको जोडीलाई १३-२१, २१-१८, २२-२० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए।

भेट्रान्स युगलतर्फ विराटनगरका जीवन बोगटी र खोटाङका दीपक राईको जोडीले धनकुटाका दीपक लामा र कुमार दाहालको जोडीलाई २२-२०, २१-१७ ले, पोखराका रमेश भट्टचन र धादिङका बिष्णुलाल श्रेष्ठको जोडीले लक्ष्मी मार्गका सन्तोष राई र पदम धिमालको जोडीलाई १७-२१, २१-८, २१-१३ ले, र धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले ईटहरीका सुरेश कार्की र श्याम लामाको जोडीलाई २१-१७, २१-१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

यस्तै बिराट ब्याडमिन्टन क्लबका संजय भक्तराज र केबी गुरुङको जोडीले पनि सेमिफाइनलमा स्थान बनाए। केबी गुरुङ एक हात नभएका अपाङ्ग खेलाडी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell