PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रशिक्षक कार्यशाला सम्पन्न



पहिलोपोस्ट

प्रशिक्षक कार्यशाला सम्पन्न

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सोमवार समापन भएको छ।

प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने कार्यशालामा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो।

कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विविध पक्षबारे जानकारी गराएका थिए।

दुईदिने कार्यशालाका सहभागीहरुलाई आयोजक विभागका निर्देशक रिमबहादुर रानाभाट, प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले प्रमाण पत्र, ट्रयाकसुट र ब्याग प्रदान गरेका थिए।

यस्तै समापन अवसरमा ब्याडमिन्टनका पूर्व मुख्य प्रशिक्षक स्व. दिलेन्द्रवीर पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell