काठमाडौः प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार दिउँसो इन्द्रचोकबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा एक जना सुन व्यापारी समेत छन्। अन्य दुई जना भने सुन तस्करीका भरिया मात्र भएको खुलेको छ। बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।