PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

फाल्गुनन्द गोल्डकप : झापा एघार च्याम्पियन



पहिलोपोस्ट

फाल्गुनन्द गोल्डकप : झापा एघार च्याम्पियन
PHOTO : RSS

पाँचथर : झापा एघारले पाँचथरको फिदिममा भएको १०औँ फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ।

सोमवार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै झापा एघार च्याम्पियन बनेको हो।

पाँचथरको फिदिमस्थित फिदिम स्कुल मैदानमा भएको '९ ए' साइड फाइनलमा झापाको लागि दुवै गोल पुजन उपरकोटीले गरे।

पुजनले २३औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा राजिव गुरुङले आर्मीका लागि बराबरी गोल फर्काए। तर ८३औँ मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २-१ को अग्रता दिलाएर त्यही गोल निर्णायक हादा झापा यस सिजन पहिलो नकआउट टुर्नामेन्टको च्याम्पियन बनेको हो।

एनएमबी फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको च्याम्पियन झापाले उपाधिसहित एघारले नगद ४ लाख हात पार्‍यो। उपविजेता आर्मीले दुई लाखमा चित्त बुझायो।

फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका राजिव गुरुङ घोषित भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी च्याम्पियन टिम झापा एघारका डिफेण्डर देवेन्द्र तामाङ घोषित भए। उनले एक थान मोटरबाइक प्राप्त गरे।

यस्तै व्यक्तिगत विधातर्फ पनि झापाका खेलाडीको वर्चस्व रह्यो। झापाका मनोज प्रधान उत्कृष्ट गोलकिपर, पुजन उपरकोटी उत्कृष्ट मिडफिल्डर र दिलेन लोक्तान उत्कृष्ट फरवार्ड घोषित भए। उत्कृष्ट प्रशिक्षक पनि झापाकै प्रवेश कटुवाल चुनिए।

आर्मीका कप्तान युद्ध शाही उत्कृष्ट डिफेण्डर बने। फिदिप स्पोर्टिङ क्लबका प्रविन जागेबु उदयीमान खेलाडी घोषित भए।

व्यक्तिगततर्फ उत्कृष्ट प्रत्येकले १०-१० हजार हात पारे।

 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell