PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गिरिजा अस्पताल र सुशील अस्पताल विघटन गरे कांग्रेसले कठोर कदम चाल्छ : रामचन्द्र पौडेल



बीपी साह

गिरिजा अस्पताल र सुशील अस्पताल विघटन गरे कांग्रेसले कठोर कदम चाल्छ : रामचन्द्र पौडेल
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले दुई अस्पताललाई विघटनतिर लैजान लागेको आरोप लगाउँदै यसो गरेमा कांग्रेसले कठोर कदम चाल्ने चेतावनी दिएका छन्।

तनहुँको दुलेगौडामा बन्न लागेको गिरिजाप्रसाद श्वासप्रस्वास अस्पताल र बाँकेमा बन्न लागेको सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल विघटनको प्रक्रियामा सरकार अघि बढेको आरोप लगाउँदै उनले यस्तो चेतावनी दिएका हुन्।

'दुई अस्पताल तनहुँको दुलेगौडामा गिरिजाप्रसाद श्वासप्रस्वास अस्पताल। गण्डकी प्रदेशकै ठुलो अस्पताल। ७०० रोपनी जग्गा व्यवस्थापन भइसकेको छ। सानो अस्पताल सञ्चालनमा छ। राम्रैसँग ठुलो अस्पतला बनाउन चाहन्छौ। बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल बनाउने भएको छ,' सिंहदरबास्थित कांग्रेसको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, 'तर दुबै अस्पताललाई विघटनको प्रक्रियामा लगेको छ। यो विघटनमा लाने तयारीलाई हामीले अत्यन्तै गम्भीर रुपमा लिएका छौ। प्रतिपक्षीलाई मुठभेडमा लैजान खोजे हामी पनि कठोर कदम चाल्छौ।'

नयाँ सरकार आएपछि आफूले प्रम ओलीसँग भेटेर यी अस्पताललाई बजेट दिन माग गरेको स्मरण गर्दै पौडेलले अहिले गुमराहमा पार्न खोजेको आरोप लगाए।

हालै मन्त्रिपरिषदले ९ अस्पताललाई संघ मताहत ल्याउने सरकारको निर्णय गरेको थियो। ११ अस्पताललाई संघको मताहत ल्याउने तयारी गरे पनि सरकारले दुई अस्पताललाई बाहेक गरेर ९ अस्पतालमात्र ल्याएकोमा पौडेलले विरोध जनाउँदै यसबारे बुझ्न प्रधानमन्त्री ओलीसँग भेट्ने प्रयासमा रहेकोसमेत बताए। 

भने, '११ वटा अस्पताललाई केन्द्रमा राख्ने भनेर निर्णय गरेको थियो। पछि यी दुबै अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट पठाए पनि यी दुईलाई बाहेक गर्यो। यी दुबैलाई विघटनको प्रक्रियामा लग्यो। आज हामीले भेट्न खोजेको भोलिलाई मात्र समय दियो।' 

यी हुन् संघ अन्तर्गत कायम रहने अस्पताल  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell