PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मिटू मुभमेन्टमा तानिए 'थ्री इडियट्स' र 'पिके' निर्देशक राजकुमार हिरानी



पहिलोपोस्ट

मिटू मुभमेन्टमा तानिए 'थ्री इडियट्स' र 'पिके' निर्देशक राजकुमार हिरानी

बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ। 'सञ्जु'को सहायक निर्दशक रहेकी एक महिलाले उनीविरुद्ध आरोप लगाएकी हुन्।

'सञ्जु'को पोस्ट प्रोडक्सनको समयमा सँगै काम गर्दा हिरानीले यौन दुर्व्यवहार गरेको मिडियालाई उनले खुलाएकी छिन्। उनको नाम भने अझै बाहिरिएको छैन। आफ्नो करियरको डरले यौन दुर्व्यवहारबारे उनले पहिला मुख खोल्न नचाहेको बताएकी छिन्।

हिरानीले मार्च र सेप्टेम्बरमा धेरैपटक ह्यारेसमेन्ट गरेपछि उनले यसबारे टिमकै विधु विनोद चोपडालाई इमेल लेखेकी पनि थिइन्। अहिले यो विषयले बलिउड तातेको छ।

निर्देशक हिरानीले भने महिलाको आरोप गलत रहेको बताउँदै आएका छन्। हिरानीले हालै भनेका छन्, 'म एकदम चकित छु, यस किसिमको आरोपले। आरोप गलत हो, मेरो इज्जत बिगार्ने सोचले यो आरोप लगाइएको छ।'

प्रतिक्षित मानिएको फिल्म 'एक लड्कीको देखा तो'को निर्माताबाट हिरानीको नाम हटाइएको छ। मिटू मुभमेन्टमा हिरानी तानिएपछि उनलाई निर्माताको सुचीबाट हटाइएको हो।

अमेरिकाबाट भारत आएकी तनुश्री दत्तले बलिउडमा #MeToo मुभमेन्ट सुरु गरेकी थिइन्। मुभमेन्टमा सहभागी हुँदै धेरैले यौन दुर्व्यवहारबारे मुख खोलेका थिए। तनुश्री अमेरिका फर्केपछि मुभमेन्ट सेलाएको देखिन्थ्यो। तर, हिरानीमाथि आरोप लागेसँगै मुभमेन्टले बलिउडमा बाढी नै ल्याएको छ।

हिरानीका मुन्नाभाइ सिरिज, 'थ्री इडियट्स', 'पिके' लगायतका फिल्म छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell