PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सर्वोच्च अदालत बालुवाटारको शाखा बनेको गजुरेलको आरोप



सर्वोच्च अदालत बालुवाटारको शाखा बनेको गजुरेलको आरोप

काठमाडौं: देशभक्त जन गणतान्त्रिक मोर्चा(देजमो) का अध्यक्ष सीपी गजुरेलले सर्वोच्च अदालत बालुवाटारको शाखा बन्दै गएको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा देजमोले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन।

उनले सरकारले जनताका अधिकार कुन्ठित पार्दै जाँदा अदालतले त्यसैलाई मोहर लगाउदै गएको बताए।

'सरकारले अधिकार हनन् गर्‍यो भन्दै अदालत गयो रिट नै खारेज गर्दिन्छ', उनले भने, 'यस्तो लाग्दै छ सर्वोच्च अदालत बालुवाटारको एउटा शाखाको रुपमा विकसित हुँदैछ।' 

संविधानको अन्तिम व्याख्याताले नै संविधानले दिएको अधिकार नै कुण्ठित गर्न लागी परेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेतासमेत रहेका गजुरेलले आरोप लगाए।

वाइडबडी प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको अभियोगमा पक्राउ परेका शुरेस तामाङको बन्दी प्रत्यीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको समेत उनले आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले संसदमा बोल्दा समेत झुट वोलेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell