PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दुई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि छानिए नेपाल प्रतिनिधी



पहिलोपोस्ट

दुई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि छानिए नेपाल प्रतिनिधी

काठमाडौं:  'मिस हेरिटेज इन्टरनेशनल'का लागि अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

सन् २०१९ को संस्करण १२ फेब्रुअरी देखि १७ सम्म सिंगापुरमा आयोजना हुँदैछ। नेपालको लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा प्रतियोगीताको लागि अदितीलाई ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०१९' घोषणा गरेको हव।

साथै ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल  २०१९’ दुर्गा विसुराल चुनिएकी छन्। उनले सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

इप्लानेट आयोजक रहेको यी अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलको उदेश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ।

युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगीतामा सहभागीता रहनेछ  बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell