PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सनिशा लगेजुले जितिन् मिस लिटिल नेवाः ११३९ को ताज



सनिशा लगेजुले जितिन् मिस लिटिल नेवाः ११३९ को ताज

सनिशा लगेजुले ‘मिस लिटिल नेवा ११३९’को उपाधी जितेकी छिन्। उनले उपाधीसहित नगद तथा विभिन्न उपहारहरु पाएकी छिन्।

नेप्लीज फेसन होमले आयोजना गरेको प्रतियोगितामा २४ बालिकाहरु सहभागी थिए।

प्रतियोगिताको फस्ट रनरअप लुस्वा मानन्धरले मिस सोसल एम्बेसडरको उपाधि जितिन्। प्रतियोगितामा सेलिना प्रजापति सेकेण्ड रनरअप र अन्वेषा कर्माचार्यले थर्ड रनरअप भइन्। प्रतियोगितामा पलिस्ता नापित फोर्थ रनरअप भइन्।

प्रतियोगितामा बियंका खड्का ताम्राकारले मिस ट्यालेन्ट, युशिका अमात्यले मिस पर्सनालिटी, रेवती महर्जनले मिस कल्चर, जेनिशा बज्राचार्य र दृष्टि श्रेष्ठले बेस्ट हेयर, हिमानी प्रधानले मिस इनोसेन्ट, सफलता श्रेष्ठले बेस्ट नेपाल भाषा, उन्नती प्रधानले मिस फ्रेण्डशीप, कृपा स्वङ्निखा र बिनिभा सुवालले मिस फोटोजेनिक, लुस्वा मानन्धरले मिस सोसल एम्बेसडर प्रमुख, अन्वेषा कर्माचार्यले मिस सोसल एम्बेसडर प्रमुख, रिया श्रेष्ठले मिस चार्मिङ, रेहा रञ्जितले मिस डिसिप्लिन, अदिति विरबलले बेस्ट स्माइल तथा अनुष्का श्रेष्ठले मिस क्यूट तथा बेस्ट स्किनको उपाधि जिते। 

पूर्व  उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा प्रदिपमान प्रधान, मिस नेवाः एञ्जल श्रेष्ठ, अशोककुमार श्रेष्ठ, नमूना फेसन कलेजका जिबेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायक थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell