PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश



चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश

काठमाडौं: संसदीय समितिमा दफावार छलफलपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्टिका बाबजुद संसदको शिक्षा तथा स्वास्थय समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को प्रतिवेदन संसदमा पेस गरेकी हुन्।

साउन २१ गते संसदले उक्त विधेयक समितिमा पठाएको थियो। समितिले छलफलका लागि दश सदस्यीय उपसमिति गठन गरी १५ वटा बैठक गरी छलफल गरेको थियो। उपसमितिले विधेयकमाथिका संशोधनकर्ता, मन्त्री र सरोकारबालाहसँग छलफल गरिएको थियो।
 
पुस २३ गते मुल समितिमा गएको प्रतिवेद २५ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो।
यसैबीच डा.गोविन्द केसी विधेयकको विषयमा असन्तुष्टि जनाउँदै इलाम पुगेर अनशन थालिसकेका छन्। डा.केसीको समर्थनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विधेयकप्रति संसदमा असन्तुष्टि व्यक्ति गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell