PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्रीज्यू खाँबो बाङ्गो छ, निर्मलाको हत्यारा पत्ता लगाउन झापाको भ्यु टावर पुगिरहनु पर्दैन : मीनेन्द्र रिजाल



प्रधानमन्त्रीज्यू खाँबो बाङ्गो छ, निर्मलाको हत्यारा पत्ता लगाउन झापाको भ्यु टावर पुगिरहनु पर्दैन : मीनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसका सांसद डाक्टर मीनेन्द्र रिजालले राष्ट्रपतिलाई सुविधा बढाएर गणतन्त्र बलियो नहुने बताएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा राष्ट्रपतिलाई सुविधा बढाएर सरकारले नयाँ दरबार बनाउन खोजेको आरोप लगाउँदै उनले भने, '१८ करोडको गाडी, डेढ अर्ब नयाँ दरबार झन विलासको विम्बा बनाएर लाने सरकारको निर्णयबाट गणतन्त्र बलियो हुँदैन। नेपाल जे छ जस्तो छ जनताको आर्थिक अवस्था जस्तो छ त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ जनता। नयाँ दरबार बनाउन चाहँदैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सुन्दर अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त अभिव्यक्ति आफूले पनि सुन्नुपर्ने रिजालको तर्क थियो। 'एउटाले बिराउँदा सिंगो संस्था बदनाम हुनेमा सचेत होउँ। प्रधानमन्त्रीको सुन्दर अभिव्यक्ति हो यो, अभिव्यक्ति सुनाउने मात्र हैन आफू पनि सुन्नुहोला। ऐना अगाडि हेर्नुहोला,' रिजालले भने।

उनले देशको अवस्था खस्कँदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले झुट बोल्न नसुहाउने समेत बताए। झापामा भ्यु टावर बनाउने सरकारको योजनाप्रति व्यङ्ग्य गर्दै रिजालले भने, 'काठमाडौं खल्डोबाट देख्नु भएन होला। झापामा भ्यु टावर बनाउने भन्नुभा'छ। माफ गर्नुस् प्रधानमन्त्री ज्यू, खाँबो बाङ्गो छ। तपाईँले देखेजस्तो देशको स्थिति छैन। झापाको भ्यु टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell