PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इस्लाम परित्याग गर्दै विद्रोह गरेकी साउदीकी १८ वर्षीय रहाफ क्यानडा पुगिन्



इस्लाम परित्याग गर्दै विद्रोह गरेकी साउदीकी १८ वर्षीय रहाफ क्यानडा पुगिन्
फोटो : सिल्भिया थमसन ट्वीटर

टोरोन्टो: साउदी अरेबीयाकी १८ वर्षीय रहाफ मोहम्मद अल कुनुन क्यानडा पुगेकी छिन्। 

संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएपछि उनी शरणार्थीको रुपमा क्यानडा पुगेकी हुन्।

केहीदिन अघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अल कुनुनलाई शरणार्थीका रुपमा स्विकार गरेको बताएका थिए। रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको ट्रुडोले बताएका थिए। । 

विमानस्थलमा रहाफलाई स्वागत गर्न पुगेका क्यानडाका विदेशमन्त्री क्रिसटिया फ्रिल्यान्डले रहाफ क्यानडाको नयाँ बहादुर नागरिक रहेको बताइन्।

 

गत हप्ता इस्लाम परित्याग गर्दै आफ्नो परिवारबाट भागेर अष्ट्रेलिया जान रहाफ बैंकक पुगेकी थिइन्। आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककहुँदै अष्ट्रेलिया जाने निर्णय गरेको बताइएको छ। तर अष्ट्रेलिया जाने क्रममा कुनुनलाई बैंककको विमानस्थलमा रोकिएको थियो। बैंककका अधिकारीहरुले उनी कुवेत फिर्ता जानै पर्ने अडान लिएका थिए।

तर कुनुनले आफूलाई कुवेत पठाइन लागेको विमान नउडेसम्म आफूलाई कोठामै बन्द गरी आन्दोलन गरेकी थिइन्। बैंककले जवरजस्ती आफूलाई साउदी फर्काउन चाहेको आरोप उनले लगाएकी थिइन।

इस्लामको विरुद्ध गएकाले आफूलाई परिवारले मार्ने सक्ने भन्दै उनले घर साउदी नजाने बताउँदै शरणार्थी एजेन्सीको सहयोग माग गरेकी थिइन्।

कुनुनले देखाएको यो साहसको विश्व भरबाट प्रशंसा भइरहेको छ।

साउदीमा महिलाहरुलाई विदेश भ्रमण गर्न वा पासपोर्ट बनाउनका लागि आफ्नो पुरुष आफन्त व साथीको स्वीकृती चाहिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell