PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फुल्चोकीको खोँचमा हराएका १६ जनाको प्रहरीले गर्‍यो रातारात उद्धार



पहिलोपोस्ट

फुल्चोकीको खोँचमा हराएका १६ जनाको प्रहरीले गर्‍यो रातारात उद्धार

काठमाडौँः गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका १६ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। घुम्न गएका उनीहरू बाटो बिराएर अलपत्र परेको सूचना प्रहरीले पाएपछि शनिबार राति उद्धार गरिएको हो। उद्धार गरेका १६ जनलाई नै प्रहरीले गएरति ९ः३० बजे अभिभावकको जिम्मा लगाएको छ

शनिवार साँझ करिब ५ः३० बजे फुल्चोकीमा घुम्न गएका १६ जना हराएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र धानुकको नेतृत्वमा टोली परिचालित भएको थियो। प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत्त सातदोबाटो, महानगरीय प्रहरी  प्रभाग बाडेगाउँ समेत गरी ७ वटा छुट्टाछुट्टै टोलीले साँझबाटै खोजी सुरु गरेका थिए। 

खेजीका क्रममा उनीहरूलाई गोदावरी बसपार्कबाट करिब दश किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोँचमा सकुशल फेला पारेको प्रहरीले जनाएको छ।

बिहान करिब १०ः३० बजे आठ/आठ जनाको समूह बनाइ घुम्ने क्रममा बाटो बिराएपछि उनीहरु हराएको प्रहरीले जनाएको छ। 

प्रहरले उद्धार गरेकाहरुमा धनुषा घर भई हाल बानेश्वर बस्ने ब्रिजमोहन साह, सुवास साह, अभिषेक यादव, ऋषि कुमार साह, श्रीराम साह, करण साह रहेका छन्।

यस्तै उद्धार गरिएकामा धनुषा घर घई हाल पुरानो बानेश्वर बस्ने सुवास साह, स्याङ्जाकी सपना गुरुङ, तनहुँकी सिर्जना भट्टराई, काठमाडौँका अविनभसिंह ठकुरी, सिन्धुपाल्चोकका रोशन राना र दोलखाका रमेश पौडेल रहेका छन्।

यस्तै उद्धार गरेकामा मोरङका संजोग घिमिरे, काठमाडौँकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोष कुमार साह रहेको प्रहरीले जनाएको छ। 

यो पनि पढ्नुहोला

Exclusive : यसरी जोखिम मोलेर सम्भव भएको थियो जोनको जीवित उद्दार, सात दिनपछि फेला परेको जंगलबाट स्थलगत रिपोर्टिङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell