PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेरिसको बेकरीमा ग्यास विस्फोट, आगलागी नियन्त्रणमा लिने प्रयास जारी



पेरिसको बेकरीमा ग्यास विस्फोट, आगलागी नियन्त्रणमा लिने प्रयास जारी

पेरिस : फ्रान्सको पेरिसमा एक बेकरी पसलमा आगलागी भएको छ।

अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ।

 पेरिसको मध्यभागमा रहेको रुइ दी ट्रिभिसेमा रहेको सिटी सेन्टरको बेकरीमा आगलागीका कारण धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। यद्यपि घाइतेहरुको संख्या सार्वजनिक गरिएको छैन।

 प्रहरीले ग्यास लिक हुँदा विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ।

 बेकरी रहेको भवनमा ठूलै क्षति पुगेर एक थिएटर पूर्ण रुपमा नष्ट भएको बताइएको छ।

 प्रहरीले मानिसहरुलाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ।   
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell