PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फेरियो 'प्रेमलीला'को रिलिज टार्गेट



पहिलोपोस्ट

फेरियो 'प्रेमलीला'को रिलिज टार्गेट

काठमाडौं: फिल्म 'प्रेमलीला'को रिलिज प्रदर्शन तोकिएको मिति परिवर्तन भएको छ। फिल्मको भिएफएक्सको काम सकिन केही समय लाग्ने भएकाले रिलिज टार्गेट मिट नहुने फिल्म युनिटले जनाएको छ। माघको २५ गते फिल्म सार्वजनिक हुने बताइएको थियो।

फिल्म अब फागुन १० गतेदेखि प्रदर्शन हुनेछ। वितरक कम्पनी र निर्माण टिम बिच फागुन १० मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको नायिका दीपशिखा खड्काले बताइन्।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ। नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell