PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जासुसी आरोपमा पोल्यान्डमा हुवाएका अधिकारी पक्राउ



जासुसी आरोपमा पोल्यान्डमा हुवाएका अधिकारी पक्राउ
फोटो : युरोन्यूज

वार्सा: चीनको टेलिकम कम्पनी हुवाएका एक उच्च अधिकारीलाई जासुसी गरेको आरोपमा पोल्यान्डमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा हुवाएका सेल्स डायरेक्टर वेइजिङ वाङ रहेको जनाइएको छ।

वाङसँगै एक पोलिस नागरिकलाईसमेत नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्।

प्रहरीले उनीहरुको घरमा गत मंगलवार छापा मारेको थियो। अदालतले उनीहरुलाई तीन महिना नियन्त्रणमा राख्न आदेश दिएको छ। उनीहरुमाथि लगाइएको आरोप प्रमाणित भएमा उनीहरुलाई १० वर्ष जेल सजाय हुनसक्ने जनाइएको छ।

दुवै जनाले आरोप अस्वीकार गरेका छन्।

हुवाए र पोल्यान्डमा रहेको चिनियाँ दूतावासले परिस्थितिलाई गम्भीरतापूर्वक नियालिरहेको बताएको छ।

हुवाएलाई अमेरिकाले राष्ट्रको सुरक्षा विरुद्ध खतरा रहेको बताउँदै आएको छ। यस्तै अरु राष्ट्रहरुमा समेत यसको गतिविधिलाई लिएर शंका खडा हुँदै आएको छ। अष्ट्रेलिया र न्यूजिल्यान्डमा हुवाएलाई 'नेक्सट जेनरेसन फाइभ जी' का लागि आवश्यक सामाग्री निर्यात गर्न प्रतिबन्ध लगाइएको छ।

गत महिना हुवाएकी प्रमुख आर्थिक अधिकारीलाई क्यानाडामा पक्राउ गरिएको थियो। हुवाएका अध्यक्षकी छोरी मेङ वेनझाउलाई अमेरिकी गुप्तचर विभागको अनुरोधमा पक्राउ गरिएको बताइएको थियो। उनीविरुद्ध इरानमाथि लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell