PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्न सिंहदरबार गेट पुगिन् राष्ट्रपति

राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्न सिंहदरबार गेट पुगिन् राष्ट्रपति


काठमाडौं: राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले सलामीसमेत अर्पण गरेको थियो।

समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी थिए। समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकोले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell