PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज : दुई नेपालीसहित पाँच फिल्मको भिडन्त



फ्राइडे रिलिज : दुई नेपालीसहित पाँच फिल्मको भिडन्त

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शन भएका छन्। निखिल उप्रेती अभिनित ‘भिलेन’ र कमेडी शैलीको ‘चौका दाउ’ प्रदर्शनमा आएका फिल्महरु हुन्।

'भिलेन' द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको फिल्म हो। देबेन्द्र पाण्डेको निर्देशनमा बनेको फिल्ममा निखिलसँगै शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य अभिनय छ।

फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन छ। पछिल्लो समय एक्सन अभिनेता निखिल 'रुद्र'मा देखिएका थिए।

यस्तै, प्रदर्शनमा आएको अर्को फिल्म हो 'चौका दाउ'। पूर्णेन्दु झाले निर्देशन गरेको फिल्मममा रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलगायतको अभिनय छ।

कमेडी विधामा बनेको फिल्मलाई संगीतकार शम्भुजित बास्कोटाले निर्माण गरेका हुन्। फिल्ममा बास्कोटकै संगीत छ। फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायाँकन, मित्रदेव गुरुङको सम्पादन छ भने रोशन श्रेष्ठले द्वन्द निर्देशन गरेका छन्। फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

बलिउड फिल्म ‘उरी’ पनि नेपालमा प्रदर्शनमा आएको छ। अदित्य धरले निर्देशन गरेको फिल्ममा विक्की कौशिलको मुख्य अभिनय छ। कौशल भारतीय सैनिकको भूमिकामा देखिदैछन्।  एक्सन जनरामा बनेको फिल्ममा विक्कीसँगै एमी गौतम र परेस रावलको अभिनय छ। सन् २०१७ मा कश्मिरको उरी वेस क्यामका भारतीय सेनाले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मिरमाथि गरिएको सर्जीकल स्ट्राइकमा आधारित फिल्मलाई बलिउडमा प्रतिक्षित मानिएको छ।

रजनिकान्त अभिनित 'पेट्टा' पनि प्रदर्शनमा आएको छ। एक्सन जनरामा बनेको फिल्मलाई कार्थिकले निर्देशन गरेका हुन्।

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहमा आधारित फिल्म ' द एक्सिडेन्टल प्राइममिनिस्टर'  भने नेपालमा प्रदर्शन भएन।

यस्तै, हलिउड फिल्म 'म्यारी पोपिन्स रिटर्न्स' पनि प्रदर्शनमा आएको छ। यो चलचित्रलाई १९६४ मा बनेको म्युजिकल फिल्म म्यारी पोपिन्सको सिक्वेलका रुपमा लिइएको छ। एड्भन्चर जनरामा बनेको फिल्मलाई रब मार्सलले निर्देशन गरेका हुन्। फिल्ममा इमिली ब्लन्ट, इमिली मर्टाइमरको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell