PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सहुलियत ऋण लिनेको लर्को, यस्ता छन् ऋण पाउने आधार

सहुलियत ऋण लिनेको लर्को, यस्ता छन् ऋण पाउने आधार


काठमाडौं: सहुलियत ऋण पाउने आशमा वैदिशिक रोजगार प्रवर्द्धन बोर्डमा ऋण लिन युवाहरुको लर्को लागेको छ। काठमाडौंको बुद्धनगरस्थित बोर्डको कार्यालयमा दैनिक युवाहरुले ऋण पाउन निवेदन दिन थालेका छन्।

वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमा स्वरोजगार गराउनका लागि सहुलियत कर्जाको दिने तयारी गरेको हो। ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विदेशमा कम्तीमा ६ महिना बसेर फर्की कम्तीमा ३ वर्ष स्वदेशमै बसेकाले १० लाखसम्म ऋण पाउनेछन्। 

फारम भर्ने मिति पुस मसान्तसम्मका लागि तोकिएको छ। कसले कति सहुलियतमा ऋण पाउने भन्ने विषयमा भने अहिलेसम्म टुंगो नलागेको बोर्डले जनाएको छ। 

'सहुलियत कर्जा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड वा नेपाल सरकारले बाँड्न लागेको होइन। यो कर्जा नेपाल सरकारको सिफारिसमा क वर्गका वाणिज्य बैंहरुले ५ वर्षका लागि न्युनतम ब्याजमा प्रदान गर्न लागेको हो। यसका लागि बोर्ड सचिवालयले निवेदन आह्वानमात्रै गरेको हो,' बोर्डले भनेको छ, 'यो पुस मसान्तसम्ममा प्राप्त निवेदनहरुको प्रारम्भिक जाँच गरी न्युनतम मापदण्ड पुरा गरेका निवेदनहरु संकलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ।'


ट्रेन्डिङ पोस्ट

Ncell