PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किन निकालियो निर्मलाकी आमाको रगत?



किन निकालियो निर्मलाकी आमाको रगत?

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा थप अनुसन्धानको लागि प्रहरीले निर्मलाकी आमा दुर्गादेवी पन्तको डिएनए परीक्षण गर्ने भएको छ।

दुर्गादेवीले डिएनएका लागि महाकाली अञ्चल अस्पताल पुगेर रगतको स्याम्पल दिएकी छिन्। ‘डिएनए परीक्षणको लागि रगतको नमुना संकलनको लागि अस्पताल लगिएको हो।‘ कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले भने।

प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन विभिन्न व्यक्तिको डिएनए लिए पनि नमिलेपछि प्रहरीले निर्मलाको भेजिनल स्वाबको परीक्षण गर्न लागेको हो। डिएसपी ओझाले भने, 'घटनाको अनुसन्धानको लागि नै स्याम्पल लिएको हो।'

महाकाली अञ्चल अस्पतालमा गत साउन ११ गते लगिएको शवको पोस्टमार्टम गर्दा डाक्टरहरुले निर्मलाको शवको योनी भित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरीका नमूना संकलन गरी टेस्ट ट्युबमा राखेका थिए। प्रहरीले यी तीन वटै टेस्ट टयुबमा प्राप्त नमूना आफ्नै ल्याबमा मात्र परीक्षण गरेको थियो। आफ्नै ल्याबमा परीक्षण गराएको भन्दै प्रहरीको अनुसन्धानमाथि नै आशंका गरिएको थियो।

संकलित भेजिनल स्वाब निर्मलाको हो कि हैन? यो प्रश्न पनि उठेको छ। स्वयं निर्मलाका बुबाले भेजिनल स्वाब निर्मलाकै हो कि हैन भनी आफू वा आमाको डिएनए परीक्षण गरी पुष्टि गर्नुपर्ने माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell