PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

त्रिशुलीमा खसेर भारतीयको मृत्यु



त्रिशुलीमा खसेर भारतीयको मृत्यु
प्रतीकात्मक स्केच

भरतपुर: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन्। भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्रिशूलीमा खसेका थिए। रातभर खोजी गर्दा पनि कुशवाहालाई नभेटिएपछि बसका यात्रुले चितवन प्रहरीलाई खबर गरेका थिए। 

सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले आज दिउँसो साढे १२ बजे कुशवाहाको शव त्रिशूली किनारमा फेला पारेको छ। उनको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell