PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्यान्सर रोगीका लागि सरकारी सहायता पाँच लाख पुराउन पहल गर्छुः प्रचण्ड



क्यान्सर रोगीका लागि सरकारी सहायता पाँच लाख पुराउन पहल गर्छुः प्रचण्ड

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्सर रोगीहरूलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्‍याउने बताएका छन्। 

अध्यक्ष दाहालले क्यान्सर रोगीहरूलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्दै यो रकम बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘सरकारले दिँदै आएको एक लाख रुपैयाँ सहायता कम भयो भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘यसलाई बढाएर पाँच लाख रुपैयाँ पुराउन पहल गर्छु।’ 

नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर शुक्रवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगको उपचारमा प्रयोग हुने उपकरण राख्ने बंकर स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गर्ने जानकारी दिए। 

संस्थाले सरकारसँग क्यान्सर रोगको उपचारका लागि प्रयोगमा ल्याइने उपकरण राख्ने बंकर बनाउन ४ करोड बजेटको माग सरकारसँग गरेको  छ। अध्यक्ष दाहालले संस्थाको सो माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आफूले कुरा गर्ने पनि बताए। 

अध्यक्ष दाहालले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिकहरू आफैलाई सचेत हुन पनि आग्रह गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell