PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जग्गाको मोही छुट्याउन अन्तिम अवसर, १ महिनालाई थपियो म्याद



पहिलोपोस्ट

जग्गाको मोही छुट्याउन अन्तिम अवसर, १ महिनालाई थपियो म्याद

काठमाडौं : मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ।

गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सीमा तोकिएपनि पर्याप्त आवेदन नपरेपछि एक महिना समय थप गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ।

जग्गाको दोहोरो स्वामित्व छुट्ट्याएर आ-आफ्नो नाममा लालपूर्जा लिनका लागि पुस १६ गतेदेखि माघ १५ गतेसम्म निवेदन दिन मिल्ने मन्त्रालयले जनाएको छ। जग्गाधनी र मोही दुवैजना अथवा जग्गाधनी र मोही मध्ये कुनै एक जना मात्रै भए पनि आफ्नो जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयमा गई निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

भदौ ४ गते सम्म समय तोक्दा वैदेशिक रोजगारीमा रहेका कतिपय मोही कमाउनेहरु काम छोडेर नेपाल आएका थिए। कतिपय मोहीहरु भने आउन भ्याएका थिएनन्। विविध कारणले निवेदन दिन छुटेकाहरुको लागि सरकारले एक महिनाको अन्तिम म्याद थप गरेको मन्त्रालयले जनाएको छ।

यसअघि निवेदन दिएका निवेदकहरुको जग्गा बाँडफाँट आगामी भदौ ४ गते भित्र भइसक्ने मन्त्रालयले जनाएको छ। यो अवधिमा समेत निवेदन नदिए मन्त्रालयले कानुन अनुसार जग्गाको दोहोरो स्वामित्व सधैका लागि अन्त्य गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell