PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२०१८ को एउटा भाइरल फोटोसुट : कृत्रिम पानीको प्रयोग गरी खिचिएको पोस्ट वेडिङ फोटो

२०१८ को एउटा भाइरल फोटोसुट : कृत्रिम पानीको प्रयोग गरी खिचिएको पोस्ट वेडिङ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


सन् २०१८ मा  बलिउड विवाहमय भयो। प्रियंका-निक जोन्स, दीपिका- रणवीर, इशा अम्बानी- आनन्द पिरामल लगायतका विवाह मिडियामा चर्चामा रह्यो।

स्टार जोडीहरुको विवाहको फोटोहरुले मिडियामा मात्रै नभएर सामाजिक संजालमा समेत विशेष चर्चा पायो। जोडीहरुको विवाह समारोह र रिसेप्सेनका फोटोहरु २०१८ को अन्तयसम्म चर्चामा रह्यो। 

तर, वर्षको अन्त्यसम्म आइपुग्दा भारतमा एउटा तस्विर सामाजिक संजालमा भाइरल हुन पुग्यो। 

त्यो फोटो भारतको कुनै सेलिब्रेटीहरुको थिएन। भारतको केरलामा बस्ने बिछु प्रथापन र इन्दु बिछुको विवाहको पछि( पोस्ट वेडिङ) को थिम फोटोग्राफी थियो।   

पोखरीमा दुई विवाहित जोडी स्टिलको डुंगामा बसिरहेका छन्। पानी परिरहेको छ र उनीहरु पानीसँगै खुशी हुँदैछन्। फोटो हेर्दा कसैले साच्चै पानी पर्दा उनीहरुको फोटो लिएको आभाष हुन्छ। तर, वास्तविकता भने फरक छ। 

न त्यहाँ पानी परेको थियो। न त्यो पोखरीमा डुंगा नै चलाउन मिल्थ्यो। त्यो सेट नै नक्कली थियो। 

बिछु र इन्दुको पोस्ट वेडिङ फोटोग्राफीका लागि मानिसहरुले त्यहाँ कृत्रिम पानी र डुंगाको व्यवस्था गरेका थिए। 

गत अगस्तमा फोटोग्राफर सिने सिद्धाथ र उनको ६ जनाको टिमले कोचीभन्दा एक घण्टाको दुरीमा रहेको गाउँ चेरथलाका ग्रामीण क्षेत्रमा रहेको एउटा सानो पोखरीमा आफ्ना सामानहरु सहित पुगे।

भर्खरै विवाह गरेका जोडी भने आफ्नो परम्परागत पहिरनमा 'कोराकल वा युरुली' भनिने डुंगामा बसे। फोटोग्राफरको टिमले इन्दु र बिछुमाथि पाइपको सहाराले पानी फाले। 

एक फोटोग्राफरले क्रेनको सहायतामा माथिबाट कृत्रिम पानी पारिरहेको बेला फोटो खिचे। नवविवाहित जोडी भने खुसी साथ पोज दिँदै थिए। उक्त फोटो सुट गर्न उनीहरुलाई ४ घण्टा लाग्यो। त्यही फोटो भाइरल हुन पुग्यो।  

सूचना प्रविधि क्षेत्रमा काम गर्ने बिछुले भने ,'हाम्रो विवाहको एल्बमका लागि यो भन्दा राम्रो माग्न हामी सक्दैन थियौं। मेरो सबै साथीले यस्तै गर्दैछन्। अहिलेको ट्रेन्ड नै यही हो।'

उक्त फोटोसुटपछि सामाजिक संजालमा ती फोटोग्राफरहरुको धेरै चर्चा भयो। अहिले बिछुलाई आफन्त र साथीहरुले ती फोटोग्राफरहरुलाई कसरी पायौं भनेर फोन गरेर सोध्न थालेका छन्। 

अहिले केरलामा 'वेडिङ फोटोग्राफी'को बजार निकै फस्टाएको छ। परम्परागत शैलीमा विवाह मण्डपमा फोटोसँगै उनीहरु विभिन्न शैलीमा फोटो खिच्न टाढा पुग्ने गर्छन्। त्यो गर्नुपछिको एउटा उद्देश्य भनेको - फोटोका कारण भाइरल हुनु।

१० वर्षदेखि विवाहमा फोटो खिच्दै आएका सिने भन्छन्, 'नवविवाहित जोडीहरु फरकफरक शैलीमा फोटो खिच्न रुचाउँछन्।' उनले बिछु र इन्दुको फोटो सेसन गाह्रो भएको बताए। फोटो लिँदा डुंगा नहल्लियोस् भनेर आफूहरुले सावधानी अपनाएको र लाइटहरु ठीक ठाउँमा रहोस् भनेर ध्यान दिएको उनी बताउँछन्। 'कृत्रिम वर्षामा उनीहरुले दिने एक्सप्रेसनबाट राम्रो फोटो खिच्नु हाम्रो लागि चुनौती थियो। त्यो फिल्मको सेटभन्दा कम थिएन,' उनले भने।

इन्दुले आफूहरुले आफ्नो विशेष दिनलाई कैद गर्न खोजेको प्रतिक्रिया दिइन्। जीवनमा एकपटक आउने पललाई कैद गरेर मानिसहरुले तारिफ गरेको राम्रै हो भनिन्। 

विचु र इन्दुले समुन्द्रको किनारमा समेत फोटो खिचाएका थिए। समुन्द्री किनारमा 'लभ साइन' भित्र नवविवाहित जोडी बसेको फोटो ड्रोनको सहायतामा खिचिएको थियो। त्यसका लागि पनि चार घण्टा लागेको थियो। 


 


ट्रेन्डिङ पोस्ट

Ncell