PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुफाडाँडामा जलवायु सम्मेलनको तयारी पुरा, स्वास्थ्यका कारण प्रधानमन्त्री उपस्थित नहुने, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

गुफाडाँडामा जलवायु सम्मेलनको तयारी पुरा, स्वास्थ्यका कारण प्रधानमन्त्री उपस्थित नहुने, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


  • फुलमान तामाङ-

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित वडा ९ को गुफाडाँडमा भोलिबाट राष्ट्रिय जलवायु सम्मेलन सुरु हुँदै छ। सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय प्रमुखको विशेष उपस्थित रहनेछ।

त्यसै गरी नगरपालिका र गाउँपालिका प्रमुखहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ। जलवायु सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि  स्वास्थ्यका कारण राष्ट्रका प्रमुख भण्डारी कार्यक्रममा प्रमुख अतिथिका रूपमा आइपुग्ने आयोजकले जनायो। 'सुरुमा हामीले प्रधानमन्त्रीलाई रोज्यौ। तर, उहाँको स्वास्थ्य अवस्था र कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकिने जानकारी आएकाले र राष्ट्र प्रमुख राष्ट्रपतिलाई प्रमुख अतिथिका रूपमा निम्तो दिएका हौ,' जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले भने।

राष्ट्रपति भण्डारीले पुस १६ गते सम्मेलन को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको पहिलो दिन १५ गते प्रतिनिधिहरुमात्रै उपस्थित भई मेलम्ची बजारमा अनौपचारिक छलफल गर्ने कार्यक्रम तय भएको छ।

गुफाडाँडामा १६ र १७ गते जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनको तयारी पुरा भएको आयोजक जिसस सिन्धुपाल्चोकका प्रमुख तामाङले जानकारी दिए।

नगरपालिकामा रहे पनि गुफा विकट मानिन्छ। सोही कारण तयारीमा केही अप्ठेरो परे पनि सबैको सहयोगमा तीव्र रूपमा व्यवस्थापन भएको तामाङले बताए। 

'यहाँ मानव बस्ती नभएकोले सामान ढुवानी गर्न पनि समस्या थियो। यद्यपि सबै सरकारी अङ्गहरू,स्थानीय निकाय, मुलसमारोह समिति र स्थानीय बासी हरू पनि परिचालन हुनुभएको छ। सबैजनाले यो कार्यक्रम आफ्नै हो भन्ने अपनत्वा अनुभव गरेर खटिरहेको कारण व्यवस्थापन गर्न खासै कठिनाइ भोग्नु परेन,' जिसस प्रमुख तामाङले भने।

समुन्द्री सतहदेखि २ हजार ३ सय २० मिटरको उचाइमा फैलेको उच्च पहाडी बेल्टमा सम्मेलन गर्नुको उद्देश्य प्रस्ट्याउँदै उनले भने, ' जहाँ अलि उच्च भेगमा कार्यक्रम गर्न सक्छौ,उच्च भेगमा कार्यक्रम गरिसकेपछि चाहिँ जलवायु परिवर्तनको असर र प्रभाव देख्न सकिन्छ। हिजो हिउँ परेको ठाउँमा किन हिउँ परेन भन्ने जिज्ञासा हामीले मेट्न सक्छौ र हिजो हिउँ परिरहेको ठाउँ मा हिउँ नपर्दा यो जलवायु परिवर्तन को असर र प्रभाव हो भन्ने यकिन गर्न सक्छौ।'

सहभागीलाई सम्मेलनस्थलमा बसाउने योजना भए पनि त्यो सम्भव हुन नसकेको आयोजकले जनाएको छ। कार्यक्रम सकिएपछि प्रतिनिधिहरू मेलम्ची बजारमा बासको व्यवस्था मिलाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell