PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धेरै निदाउनु र कम निदाउनु दुबै घातक



धेरै निदाउनु र कम निदाउनु दुबै घातक
फोटो: flickr.com

आवश्यक्ताभन्दा बढी निदाउने युवाहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना धेरै हुने र उनीहरुको मृत्युसम्म हुन सक्ने एक अध्ययनले देखाएको छ। करिब ८ वर्ष लगाएर २१ राष्ट्रका ३५ वर्षदेखि ७० वर्ष उमेरका ११ हजार ७ सय युवाहरुमाथि गरिएको अनुसन्धानबाट यो निष्कर्ष आएको हो।

६ देखि ८ घण्टा निदाउने एक हजार जनामध्ये ७.८ प्रतिशत युवाहरुमा स्ट्रोक लगायतका मुटु रोग र मृत्यु नै हुने खतरा रहेको अनुसन्धानको निष्कर्ष छ। यस्तै हजार युवाहरुमध्ये ८ देखि ९ घण्टा निदाउने युवाहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना ८.४ प्रतिशत र ९ देखि १० घण्टा निदाउनेहरुमा १०.४ प्रतिशत खतरा रहने गरेको पाइएको छ।

यस्तै १० घण्टाभन्दा बढी निदाउने युवाहरुको मुटु १४.८ प्रतिशतले जोखिममा रहने जनाइएको छ। यसको अर्थ जति धेरै निदाइयो त्यत्ति नै मुटु रोग लाग्ने सम्भावना हुने अध्ययनले देखाएको हो।

यस्तै आवश्यक्ता भन्दा कम अर्थात ६ घण्टा वा त्यो भन्दा कम निदाउने हजार युवामध्ये ९.४ प्रतिशतमा मुटु रोग लाग्न सक्ने देखिएको छ। तर चीनको पेकिङ युनियन मेडिकल कलेजका अनुसन्धानकर्ता र विद्यार्थीहरुले यो तथ्यांक अर्थयुक्त नभएको बताएका छन्।

डिसेम्बर ५ मा द युरोपियन हेल्थ जर्नलमा प्रकाशित उक्त प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले राति ६ घण्टाभन्दा बढी निदाउनेहरु भन्दा दिउँसो निदाउनेहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना धेरै रहेको उल्लेख छ।

तर, अनुसन्धानका नतिजाहरुलार्इ सजिलै ग्रहण गर्न नसकिने लामो समयसम्म चिकित्सा क्षेत्रमा लागेकाहरुको तर्क छ।

अनुसन्धानमा संलग्न नभएकी ब्रिटिस हर्ट फाउन्डेसनमा कार्यरत वरिष्ठ कार्डिएक नर्स जुली वार्ड भन्छिन्, 'यो अनुसन्धानबाट आएको निष्कर्षहरु आश्चर्यजनक छ। तर यो अनुसन्धानले मुटु रोग वा मृत्यु हुनसक्नुका कारण र प्रभावका बारेमा केही उल्लेख गरेको छैन।'

यस्तै, वानव्रिक युनिभर्सिटीका फ्रानसेसको क्यापुसिको भन्छन्, 'लामो समयसम्म निदाउदा अस्वस्थ हुने वा मृत्यु हुन्छ भन्ने होइन्। तर अस्वस्थताका कारण लामो समयसम्म निन्द्रा लाग्न सक्छ।'

उनीहरुले यसविषयमा थप अनुसन्धान हुनेपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell