PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सडकमा देखिएका अनेक अनुहार

सडकमा देखिएका अनेक अनुहार


  • रोजन श्रेष्ठ-

काठमाडौँको सडक होस या सडकपेटी हरबखत व्यस्त हुन्छ। बिहान झिसमिसदेखि साँझ अबेरसम्म सडकमा निर्भर रहने परिवार काठमाडौँमा धेरै छन्। सडकपेटीमै बिहान बेलुका व्यापार गरेर परिवार पाल्नेहरुको सङ्ख्या पनि कम छैन। 

फूटपाथको कपडा पसल होस या रात अबेर खुल्ने ठेलाको मम, त्यहीबाट धेरैले बच्चाहरुको स्कुल फिस भरिरहेका छन्। सडक मर्मत गर्ने मजदुर हुन या सडककै आश्रय लिएर चलाएका ग्यारेज, सबैले बिहान बेलुका छाक जोहो गर्न सडककै सहारा लिएका छन्।

 

बस कुर्ने ठाउँका नाङ्ले पसल होस् या फुटकर सामान बेच्ने सडक व्यापारी, सबैले सडकबाटै जीवन निर्वाह गरिरहेका छन्। सबै जना दिनरात नभनी काम गरिरहेका छन्। सडक उनीहरुको खर्च व्यावस्थापन गर्ने थलो बनेको छ।

पहिलोपोष्टका रोजन श्रेष्ठले पुषको जाडोमा पनि सडकमै निर्भर रहेर काम गरिरहेका केही व्याक्तिहरुको तस्विर खिचेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell