PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'ककपिट' बनेकोले देश गम्भीर अवस्थामा छ, नेपाल सिद्धिए चीन र भारत पनि सिद्धिन्छ



'ककपिट' बनेकोले देश गम्भीर अवस्थामा छ, नेपाल सिद्धिए चीन र भारत पनि सिद्धिन्छ

  • प्राडा युवराज संग्रौला-

मैले लेख्न थालेको सन् २००२ सालबाट। त्यतिबेला देश विकराल अवस्थामा थियो। देश द्वन्द्वमा थियो। देशलाई नयाँ बाटोमा कसरी लैजान सकिन्छ भन्नेबारे सोचे। त्यसपछि रिसर्च गर्न थाले। डेनिस इन्स्टिच्युट फर ह्युमन राइट्ससँग अनुरोध गरेर ६ महिनाको लागि स्कलरसिप मागें। उहाँहरुले दिनुभयो। दैनिक करिब १८ घन्टा डेनमार्कमा अध्ययन गर्ने मौका पाएँ। तथ्याङ्कहरु संकलन गरे।

त्यसपछि सन् २००६ सालमा नेपाल आइपुगें। देश त्यतिबेला अर्को  पाटोतिर जाँदैथियो। त्यसपछि जे गतिविधिहरु नेपालमा देखियो, मधेश आन्दोलनको नाममा, धर्म निरपेक्षताको नाममा पहिचानको नाममा हरेका कुरामा त्यो हामीले देख्यौं। हाम्रो आशा चाहना र आकंक्षाहरु सकारात्मक थिए। पहिचान, हामी पहिचानको लागि मागिरहेका थियौ। धर्म निरपेक्षता, सबैको धर्मको समानको लागि मागिरहेको थियौं। स्वतन्त्रता, सबै नागरिकको स्वतन्त्रताको लागि मागिरहेको थियौं।

तर, चाहना चाँहि हाम्रो रह्यो। माग चाँहि अरुकै। त्यसकारण देश अन्यत्रै गयो । यी चीजले मलाई लतार्दै ल्यायो ।

सन् २०१६ सालमा काठमाडौंमा एउटा गोप्य सम्मेलन भयो। कुनै होटलमा। त्यो होटलमा भएको गोप्य सम्मेलनमा एकजना वैज्ञानिकलाई नेता बनाएर कुनै एउटा देशले प्रस्तुत गर्‍यो। त्यो सम्मेलनमा वल्ड बैंकका विदेश विभाग हेर्ने प्रतिनिधि, ब्रिटिस एम्बेसीका प्रतिनिधि, युरोपियन युनियनका प्रतिनिधि, भारतका प्रतिनिधि र काठमाडौंभित्रका केही क्लोज सर्कलका प्राध्यपकहरु त्यहाँ बस्नुभयो, छलफल गर्नुभयो। र २०१६ सालको त्यो सम्मेलनले सबै आइएनजिओहरुलाई अब कसरी मधेशमा काम लगाउने भन्ने तय गरर्यो। रणनीति तयार भयो। दुई दिन छलफल भयो। त्यसपछि रातारात एकजना नासामा काम गरिरहेका बैज्ञानिक नेपालमा नेताका रुपमा जन्मनुभयो। उहाँको अध्ययन आइ सेन्सर हो। आँखाबाट हेरेर कम्प्युटरहरु कसरी चलाउन सकिन्छ जान्नुहुन्छ। त्यो भन्दा अगाडि अमेरिकाको म्यासचुसेट्मा नन रेजिडेन्ट मधेसी एसोसिएसन भनेर दर्ता भयो। त्यही संस्थालाई नेपालका डोनर एजेन्सीहरुले फन्डिङ गर्नु भो र त्यो सम्मेलन भयो।

त्यसपछि युनाइटे मधेश एलाइन्स भन्ने संस्था गठन भयो। त्यसको कार्यालय पनि स्थापना भयो। र त्यसले नेपालको मधेश नेपाल होइन भनेर युएनपिओमा प्रकाशन गर्‍यो। मधेशलाई नेपालबाट विखण्डन गरियो। त्यसबाट एनालाइसिस गर्दै गए।

त्योभन्दा अगाडि २०१६ मा दिल्लीमा एउटा सम्मेलन भयो। त्यसलाई संसारको प्रख्यात राइसिना डायलग भन्छ। त्यतिबेला भारतको सरकार पनि झुक्कियो। भारतको रक्षा मन्त्रालय नै आयोजक थियो। चीनको बेल्टेन रोड त्यतिबेला चीनमाथि भर पर्न सकिन्न। यो बेइमान देश हो यसलाई रोक्नुपर्छ भन्ने निष्कर्ष निकाल्यो। दोस्रो निष्कर्ष बीजेपी र अहिलेको सरकारलाई पनि रोक्नुपर्छ भनेर। मोदीकै सरकारको रक्षामन्त्री आयोजक छ। निष्कर्ष त्यस्तो निस्क्यो।

२०१६ सालमा अमेरिकाको काउन्सील अफ फरेन(सिएफआर)ले एउटा रिपोर्ट प्रकाशित गर्‍यो। अर्गनाइजेसन छ अमेरिकामा। २०१५ मा डोनाल्ड ट्रम्पको चुनावअघि। उसले के भन्यो भने अब चीन र अमेरिकाको बीचमा द्वन्द्व हुन्छ। अब रसिया,चीन र नर्थ कोरिया इरानहरुजस्ता देश एकापटी रहन्छन र अमेरिका अर्कोपटी हुन्छ र त्यसपछि द्वन्द्व हुन्छ भनियो। सिएफआरले सिआइएका प्रतिनिधिहरु जन्माउँछ। ती प्रतिनिधिहरु यस संस्थामा बस्छन्। अमेरिकाको फाइनन्स र फरेन पोलिसी यसले निर्धारण गर्छ चाहे जोसुकै राष्ट्रपति आओस। यो इलिट्सहरुको एउटा संस्था हो। यो कहिले पनि बाहिर प्रचारमा आउँदैन।

सिएफआरको रिपोर्ट प्रकाशनपछि डोनाल्ड ट्रम्पको सेक्युरेटी स्ट्राटेजी आयो। त्यसबाट इन्डो चाइना कन्सेप्ट आयो। त्यसकै सन्दर्भमा साउथ चाइना सीमा विवादहरु भयो। त्यो भन्दा अगाडि चीनको इन्सर्कलमेन्ट र भारतको इन्सर्कलमेन्टमा हेर्दाखेरि बर्मादेखि गडुवालसम्मको यो बेल्टमा क्रिस्चियानीकरण गरियो। दुइवटा कुरा उठाइयो एउटा आइडेन्टीको कुरा उठाइयो। त्यसका नागाल्यान्ड, हुनुपर्छ, मेघालय हुनुपर्छ भन्दै आइडेन्टीको कुरा आयो। सँगसँगै क्रिस्चियनिटी पनि आयो।

भुटानबाट नेपालीहरु नेपालीबाट बाहिरिए। सिक्किम पहिले नै लिइसकेको थियो। र त्यो दौड नेपालमा आइपुग्यो।

१९५४ मा युनाइटेड मिसन टु नेपाल’ मेघालयमा सम्मेलन भएर नेपालमा आयो। १९५६ मा समर इन्स्टिच्युट अफ लिन्गुइस्टीक संस्था आयो। जसले हेलिकप्टर पनि लिएर आएको थियो। टियुको सेडा भन्ने संस्था उनीहरुले बनाए। उनीहरु हेलिकप्टर लिएर मुस्ताङतिर जान्थे। त्यसको सहयोग र लियो रोल्सको योजनामा खम्पा विद्रोह शुरु भयो। चीनले गम्भीर प्रश्न उठाएपछि त्यतिबेलाको राजतन्त्रले खम्पाहरुको विद्रोह दमन गर्नुपर्ने बाध्यता भयो। सिआइएले निकै खर्च गरेको थियो।

र, त्यतिबेला राजा महेन्द्रको मृत्यु भयो। राजा महेन्दको मृत्यु हुँदा उनी जोन कोपम्यान भन्ने टाइगर टप्सको मान्छेको तिघ्रामा टाउको राखेर लडे। जबकि उनी बन्दुक बोकेर घोडा चढेर सिकार खेल्न गएको थिए। त्यही दिन खगेन्द्रजंग गुरुङसँग कुराकानी भयो। जोन कोपम्यान भन्ने मान्छे सिआइएका रिजनल डाइरेक्टर थिए भन्ने कुरा चालीस वर्षपछि थाहा भयो। र त्यतिबेला नेपालमा के के गरे भन्ने कुरा बाहिर आयो। हुन त धेरै नेपालीले सहनुभुति व्यक्त गर्छन्। कस्तो असल साथी हाम्रो, भारत र चीनले नेपाल खान्छ भनेको भन्या छ अहिले पनि धेरैले घोक्ने ठाउँ देख्छु।

पछि रियो रोल्सको किताब मण्डलाबाट प्रकाशन भयो। जोन वल्टनले लेखेको किताबको प्रिफेसमा रियो रोल्स को थियो भन्ने कुरा सबै स्पष्ट पारेको छ, ऋषिकेश शाह के हुनुहुँदो रहेछ, महशेचन्द्र रेग्मी को हुनुहुदो रहेछ त्यो पनि लेखेको छ। हाम्रा त घरघरभित्र, दरबारभित्र, मन्त्रीभित्र, मन्त्रालयभित्र र मैलै घरभित्र पनि भन्ने गर्छु  को 'सिआइए' को 'र' को छ भन्ने अवस्था छ।

तपाई हामीलाई देश चाहिन्छ अब सचेत बनौ। देश जोगाउ। तपाई हामीलाई देश चाहिदैन, केही पनि नगरौ मेरो किताबको निष्कर्ष यही छ।

त्यहीकारण यो किताब छाप्ने कि नछाप्ने भन्नेबारे लामो छलफल भयो। एकथरी साथीहरुले भन्नुभयो 'तँलाई मार्छन नछाप।'

अर्कोथरी साथीहरुले भन्नुभयो 'मार्दैनन् यार छाप्नुपर्छ।' तर जेहोस किताब छाप्नुअघि मैले नेपालका तीन वटै सुरक्षा निकायसँग छलफल गरे। र उहाँहरुले हामी जोगाउँछौ छाप्नुस भनेपछि मैले छापे।

यहाँभित्र तथ्याङकहरु छन्। मेरो आफ्ना ब्याख्या छैनन्। प्रत्येक लाइनलाई रिफरेन्स दिएको छु। अथेन्टिक रिफ्रेन्स दिएको छु।

त्यसपछि झलनाथ(पूर्वप्रधानमन्त्री झलनाथ खनाल) कमरेडलाई यो किताब पढ्न दिएँ। उहाँले पढ्नुभयो। छापौ कि नछापौ। भनेर सोधे उहाँले छापौ भन्नभयो। मर्ने भए दुईजनासँगै मर्नुपर्छ।

देश गम्भीर अवस्थामा छ। घरघरभित्र पेनिट्रेसन छ। मैले जानेको कुरा। यदि राजनीतिक पार्टीहरुले आफुभित्र घुसेको मान्छे ननिकाल्ने हो भने हामीतपाई सबैको दशा एउटा हुनेवाला छ।

१९७८ मा चीन र नेपालको आर्थिक स्थिति र भारतको आर्थिक स्थिति एउटै थियो उनीहरुभन्दा हाम्रो स्थिति अलि राम्रो थियो। ०७८ बाट चीन माथि जान थाल्यो ०८० बाट भारत माथि जान थाल्यो। उनीहरु जतिजति माथि गए हामी त्यतित्यति क्राइसिसमा आउन थाल्यो। अहिले उनीहरु संसारको शक्तिका रुपमा उदाए। हामीचाहि अब योभन्दा पछाडि हाम्रो भविष्य अन्धकार भएको अवस्थामा छौ। कारण के हो भने नेपाल ककपिट भयो। नेपालको वेस्टर्नरहरुले खेलेको होइन।

यी दुई देशलाई रोक्नका लागि यहाँ सरकारहरु असफल हुनुपर्थ्यो। यहाँको राजनीति असफल हुनुपर्थ्यो। यहाँको आर्थिक व्यवस्था असफल हुनुपर्थ्यो। यहाँको लामो समयदेखिको जुन किसिमको धार्मिक सहिष्णुता थियो।  एउटा धर्मले अर्को धर्मलाई प्रतिस्थापन नगर्ने गरी हामी बस्थ्यौ।

तर अब संस्कृति विभाजन भयो। त्रिभुवन विश्वविद्यालय केही डिपार्टमेन्टहरु विदेशीको कोलोनी बने। त्यहाँबाट डोरबहादुर विष्टजस्ता समाजशास्त्री उत्पादन भयो। हामी जातीयताको खेतीमा गयौ। धर्मको खेतीमा गयौ। र यही विभाजन किन आवश्यक थियो भने नेपालमा उहाँहरुले बसेर भारत र चीन हेर्न नेपाल कमजोर हुनुपर्थ्यो। त्यसकारण चीन र भारतको विकासको सिकार चाहि नेपाल बन्यो। यही कुरा मैले चिनियाँ र भारतीयलाई बुझाउन किताब प्रकाशन गरेको हुँ। यो समस्या हाम्रो आन्तरिक राजनीति र समस्या होइन। यो चीन र भारतको विकासको कारणले ल्याएको हो भने हामीले बाँच्न पाउने हो भने हामीलाई पनि विकासमा माथि निकाल। होइन भने हामी सिद्धिन्छौ, हामी सिद्धियो भने तिमीहरु पनि सिद्धिन्छौ।

(शुक्रवार संग्रौलाले आफ्नो पुस्तक 'साउथ एसिया चाइना जियो इकोनोमिक्स' विमोचनपछि दिएको मन्तव्यको सार।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell