PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मनाङ मर्स्याङ्दी दुई खेल अगावै लिग च्याम्पियन, हेर्नुस् १५ फोटोमा

मनाङ मर्स्याङ्दी दुई खेल अगावै लिग च्याम्पियन, हेर्नुस् १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले बिहीवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै २ खेल अगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ।

ए डिभिजन लिगमा सर्वाधिक सफल टोलि मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार पनि पक्का गरेको छ। यस्तै मनाङले एएफसी कप पनि खेल्न पाउनेछ।

लिगमा लगातार ११ खेल जित्दै च्याम्पियन बन्ने पनि मनाङ पहिलो क्लब बनेको छ। यस सिजन अपराजित रहने एक्लो क्लब रहेको मनाङले दोस्रो स्थानको संकटालाई पराजित गरेपछि लिगमा दुई चरण अघि नै उपाधि जितेको हो।

मनाङले लगातार ११ जित्दै ३३ अंक जोड्दा समान खेलबाट सकंटाको २५ अंक छ। अब संकटाले बाँकी दुई खेल जिते पनि मनाङलाई भेट्टाउने छैन। यस्तै तीन खेल खेल्न बाँकी थ्री स्टारको २३ अंक छ र उसले बाँकी खेल जितेपछि मनाङलाई भेट्ने छैन।

मनाङले यसअघि २०४३, २०४४,२०४६, २०५७, २०६०, २०६२ र २०७० मा लिगको उपाधि जितेको थियो। पछिल्लो पटक २०७० मा भएको ए डिभिजन लिगको च्याम्पियन समेत रहेको मनाङले उपाधि रक्षा समेतच गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell