कञ्चनपुर: कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए।
खर काटिरहेको बेला बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ। प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ। रासस