PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



पहिलोपोस्ट

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ७८१६ नम्बरको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को १२ प ९५०८ नम्बरको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममआ बाटोमै मृत्यु भएको हो। ट्रयाक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell