PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आइतबार हरियो नेप्से इन्डेक्स सोमबार र मंगलबार किन राताम्मे?



सुवास निरौला

आइतबार हरियो नेप्से इन्डेक्स सोमबार र मंगलबार किन राताम्मे?

काठमाडौं : आइतबार फराकिलो अंकले बढेको शेयर बजार सोमबार र मंगलबार पनि कारोबार सुरु हुनेवित्तिकै घट्न थालेको छ। लगानीकर्ताले आइतबारकै तुलनामा शेयर बजार उक्लने आशा गरे पनि सोमबार बजार भने ६.४५ अंकले घट्यो।

शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने सरकारी अध्ययन प्रतिवेदन बुझाएपनि बजार किन घट्यो? इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल शेयर बजार गिरावट आउनु स्वभाविक भएको बताउँछन्। ‘शेयर बजार म्याराथन दौड नभई सगरमाथाको चढाइ हो। म्याराथनमा निश्चित समयमा निश्चित दुरी पार गर्नैपर्ने हुन्छ। तर, सगरमाथा आरोहण गर्दा केही माथि उक्लिएपछि विश्राम गर्न फेरि तल झर्नुपर्छ,’ उनले  भने, 'शेयर बजारलाई पनि त्यही प्रकृया हो।’

उनले सरकारी अध्ययन प्रतिवेदन कार्यान्वयनमा आएपछि शेयर बजारलाई तात्कालीन भन्दा दीर्घकालिन रुपमा बजारलाई स्थायी बनाउने दाबी गरे। लगानीकर्ता ज्योति दाहालले हस्तक्षेपका कारण ब्याज घटेकाले दीर्घकालीन नहुने आशंका लगानीकर्तामा रहेको बताए। ‘ब्याजदर घटेको होइन घटाइएको हो भन्ने लगानीकर्तामा देखियो। लगानीकर्ताको अस्थिर मानसिकताले समेत बजार घट्न टेवा मिलेको देखिएको छ,’ उनले भने।

मुद्रा र पूँजी बजार सम्बन्धी सरकारी कार्यदलले दिएको सुझावले आइतबार शेयर बजारमा सुधार देखिएको थियो। आइतबार बजारमा ३२.२४ अङ्कले बढेको थियो। बिहीवार सरकारी कार्यदलले मुद्रा र पूँजी बजार सुधार सम्बन्धी ५८ बुँदे सुझाव दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell