PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘म भात जोरुँ कि कविता लेखुँ’ का दुई कविता नाटकमा 



‘म भात जोरुँ कि कविता लेखुँ’ का दुई कविता नाटकमा 

काठमाडौं: वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठको चर्चित कविता ‘म भात जोरुँ कि कविता लेखुँ’ माथि नाटक मञ्चन भएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कवि श्रेष्ठको कविता संग्रह ‘म भात जोरु कि कविता लेखुँ’ बाट दुई वटा कवितालाई थिएटर मलका कलाकारहरुले नाट्य रुपान्तरण गरेर प्रस्तुत गरे। विश्वको अर्को कविता ‘सडक बोल्छ’ पनि मञ्चन भएको थियो।


एपेक नेपालको आयोजनामा सम्पन्न उक्त कविता नाट्य प्रस्तुति पछि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले नाट्यकर्मीहरुले विश्वका कवितालाई दृश्यमा रुपान्तरण गर्न सफल भएको बताए। कवि दिवसले कलाकारहरुले कवितालाई नयाँ चिन्तन नयाँ सोचका साथ प्रस्तुत गरेको भन्दै कलाकारहरुको प्रशंसा गरे।


साहित्यकार उषा शेरचनले पनि कवितालाई नाट्य रुपान्तरण गर्ने कलाकारहरुको प्रशंसा गरिन्। 


कवि राजेन्द्र शलभले संचालन गरेको सो कार्यक्रममा कवितालाई नाटकमा रुपान्तरण गर्दै निर्देशन गरेका थिए, केदार श्रेष्ठ संजिता पराजुलीले। नाटकमा कलाकारहरु संजिता पराजुली, सविर चुरौटे, अर्जुन पौडेल, सगुन शर्मा, गणेशप्रसाद पौडेल र शंकर भण्डारीले अभिनय गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell