PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दाङमा बस दुर्घटना, १० जनाको मृत्यु



दाङमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं: दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। तुलसीपुर सल्यान सडक खण्डमा  तुलसीपुर उपमहानगरपालिका  ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस  दुर्घटना भएको हो।

बस सडकबाट करिब ६/७ सय मिटर खसेको थियो। प्रहरीले घटनास्थलबाट ९ जना पुरुष र १ महिलाको शव फेला पारेको जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली उद्धारको लागि घटनास्थलमा पुगेको छ। ७ जना घाइतेको उद्धार भइसकेको प्रहरीले जनाएको छ। बसमा कति जना सवार थिए भन्नेबार खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell