PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंको तिलिङ्गटारमा पिकअप भ्यानमा ठोक्किँदा स्कुटरमा सवार छोराको मृत्यु, आमा घाइते



काठमाडौंको तिलिङ्गटारमा पिकअप भ्यानमा ठोक्किँदा स्कुटरमा सवार छोराको मृत्यु, आमा घाइते

काठमाडौं: काठमाडौँको तिलिङ्गाटारमा स्कुटर चालकको मृत्यु भएको छ। बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा  बसुन्धरा बस्ने रामेछापका १७ वर्षीय अनिल श्रेष्ठको बिहान मृत्यु भएको हो। 


महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। स्कुटरको पछाडि सवार श्रेष्ठकी आमा भगवती श्रेष्ठ घाइते भएकी छिन्। पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell