PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

करेण्ट लागेर सवस्टेशनका चौकीदारको मृत्यु, घटना छानविनको माग गर्दै राजमार्ग अवरुद्ध



एम बम

करेण्ट लागेर सवस्टेशनका चौकीदारको मृत्यु, घटना छानविनको माग गर्दै राजमार्ग अवरुद्ध

कैलाली: कञ्चनपुरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको लालपुर सवस्टेशनका चौकीदार चन्द्र देव भट्टको मृत्यु भएको हो। भीमदत्त नगरपालिका– १९ का ४० वर्षिय उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले पुष्टी गरे।

मृतकका आफन्तहरुले भट्टको हत्या गरीएको आरोप लगाएका छन्।  घटनाको छानबिनको माग गर्दै पूर्वपश्चिम –राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकाको लालपुर सडक खण्ड अवरुद्ध गरेका छन्।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिद्युत प्राधिकरणमा कार्यरत चारजना कर्मचारीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell