PahiloPost

Mar 30, 2024 | १७ चैत्र २०८०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उर्लाबारीः मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिँचाइ आयोजना अन्तर्गतको नहरको सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell