PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रिकेटमा रमाउने, अनी फोहोर कसले सफा गर्ने?



पहिलोपोस्ट

क्रिकेटमा रमाउने, अनी फोहोर कसले सफा गर्ने?

काठमाडौँ : शनिवारदेखि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपीएल सुरु भइसकेको छ।

द बिगेस्ट नारा दिइएको इपीएल २०१८ मा आयोजकले नयाँ नयाँ आकर्षण राखेको जनाएको छ। पहिलो पटक इन्टरनेशनल चियरलिडर्स इपीएलमा आएका छन्। यस्तै विश्व क्रिकेटमा नाम चलेका क्रिकेटरहरुले टीयू मैदानमा इपीएल खेलिसके। पहिलो दिन रोलेफ भान डेर मर्वे, पउल भान मिकेरेन, दोस्रो दिन पउल स्ट्रलिङ, रिचर्ड लेभी, राएन टेन डेसचाट, काल कोत्जरले खेलिसके।

नेपाली दर्शकहरु नयाँ यसबाट मनोरञ्जन लिइरहेका छन। बिदा दिन भएकाले पहिलो दिन झण्ढै १० हजार टीयू मैदानमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सको खेल हेर्न उपस्थित थिए।

सबैले खेल हेरेर मज्जा लिए। तर खेलसँगै दर्शकले फालेका फोहोरले भने प्रतियोगिताको दोस्रो दिनै मैदानको स्वरुप फेरिएको छ। पहिलो दिनको आइतवार दर्शक बसेर खेल हेर्ने स्थानमा जताततै थियो।

मैदानमा खेलाडीको प्रदर्शन गरिरँदा दर्शक बस्ने स्थानमा भने राम्रो देखिएको थिएन। टेलिभिजनमा मैदानको खेल हेर्दा पनि दर्शक बस्ने स्थानमा फोहोर थियो। आयोजकले यस बारे सुरुमा ध्यान दिएको देखिएन। प्रतियोगिता सुरु भएको दुई दिन मात्र भएकोले यसबारेमा आयोजकले चाँडै ध्यान दिए राम्रो हुने थियो। नत्र जति जित प्रतियोगिता अगाडी बढ्दै गयो मैदानको स्वरुप उति नै बदलिदै जाने पक्का छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell