PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपाली खेलाडीको चुनौती समाप्त


पहिलोपोस्ट

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौँ : घरेलु कोर्टमै भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलबाटै समाप्त भएको छ।

कूल पाँच विधामा प्रतिस्पर्धा भइरहेको उक्त सिरिजमा नेपालका कुनै पनि खेलाडीले क्वाटरफाइनल पार गर्न सकेनन्। सिंगल्सतर्फ क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेका नेपालका नम्वर वान रत्नजित तामाङ पनि क्वाटरफाइनलमै पराजित भए।

यसैगरी डबल्सतर्फ नेपालका ६ जोडीले क्वाटरफाइनलमा स्थान बनाएर त्यहाँबाट अगाडी बढ्न सकेनन्।

रत्नजित र दिपेश धामीको जोडी पनि क्वाटरफाइनलमै पराजित भए। यसैगरी वुमन्स डबल्समा दुई तथा मिक्स डबल्समा तीन जोडी क्वाटरफाइनलमा पराजित भए।

पुरुष सिंगल्सतर्फ नेपालका रत्नजित भारतका कुशल धर्मामेरसँग २-१ को सेटमा पराजित भए। पहिलो सेट भारतीय खेलाडील  २१-१४ ले जितेपनप प्रतिस्पर्धात्मक दोस्रो सेट २४-२२ ले जित्दै रत्नजितले बराबरी गरेका थिए। तर निर्णायक तथा तेस्रो सेटमा भारतीय खेलाडीसे २१-१२ ले सहजै जितेपछि रत्नजित पराजित भए।

मेन्स डबल्समा रत्न र दिपेश थाइल्याण्डका वारित सारापात र पनाचाई वारासाक्तायाननको जोडीसँग २१-१९, १६-२१, २१-१४ ले पराजित भए।

वुमन्स डबल्समा जेसिका गुरु र सुनमाया राईको जोडी बंगलादेशी जोडीसँग २-० ले पराजित भए भने अमिता गिरी र रशिला महर्जनको जोडिले इरान र म्यानमारको खेलाडी समावेश जोडीलाई वाकओभर दिए।

यस्तै मिक्स डबल्समा लिपेश धामी र शोभा गौचन, विजित थापा मगर र पुजा श्रेष्ठ तथा विकास श्रेष्ठ र सिता राईको जोडी पराजित भए।



इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपाली खेलाडीको चुनौती समाप्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट