
काठमाडौँ: भष्टाचारको आरोप लागेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहराले सफाइ पाएका छन्। बिहीबार सर्वोच्च अदालतले बोहोरालाई सफाइ दिएको हो। न्यायाधीद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बोहरा, पत्नी कला र छोरी ज्योत्सनालाई सफाइ दिएको हो।
विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले उनलाई सफाइ दिएको हो। विशेषले बोहोरालाई ०६९ चैतमा डेढ वर्ष कैद र २६ लाख ८३ हजार ४८५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतले जरिवाना बराबरको बिगो असुल्न पनि आदेश गरेको थियो।
सर्वोच्चले भने विशेषको फैसला त्रृटिपूर्ण रहेको भन्दै सफाइ दिएको हो।