PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने


पहिलोपोस्ट

इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ।

स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्।

बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको छ।

गत वर्ष भेट्रान स्पिनर शक्ति गौचनले पोखराको कप्तानी गरेका थिए।

कोत्जरले नेपाल आएर आफ्नो टिममेटसँगै प्राक्टिस सेसनहरु समेत गरेको जानकारी दिए। उनले मुख्य चुनौती भनेको टिममा रहेका सबै खेलाडीलाई चिन्नु र उनीहरुबारे थाहा पाउनु रहेको बताए।

‘नेपाल आउनु पाउनु मेरो लागि ठूलो सम्मान हो। क्रिकेटको प्यासन भएको ठाउँमा आएर खेल्न पाउनु मेरो लागि विशेष हुनेछ।‘ उनले भने ‘हाम्रो तयारी राम्रो भइरहेको छ।‘

यस पटक पोखरामा कोत्जरसँगै दक्षिण अफ्रिकाका ब्यारुट्सम्यान रिचार्ड लेभी र इंगल्याण्डका अलराउण्डर पउल कघलिन जस्ता खेलाडी छन्। यस्तै प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोड आइसकेका छन्।

यही शनिवारदेखि सुरु हुने इपीएलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच उद्घाटन खेल हुनेछ।



इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट