PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातभर जाग्राम बसी छरे शतबीज, फोटोमा हेर्नुस्

रातभर जाग्राम बसी छरे शतबीज, फोटोमा हेर्नुस्


बाला चतुर्दशनीका दिन आज विहानै रातभर देशभरका शिवालयमा महाद्धीप बाली जाग्राम बसेको भक्तजनहरुले नदीमा स्थान गरी शतबीज छरेका छन्।

मार्ग शीर्ष कृष्ण चर्तुर्दशीसमेत भनिने बाला चतुर्दशी पर्व विहानै स्नान गरी पशुपतिलगायतका शिवालय क्षेत्रमा धानको सय गेडा छरे पितृले मोक्ष पाउने मान्यता रही आएको छ।

दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै बाला चतुर्दशीमा धान, मकै, गहुँ, हलेदो, कागुनो, जौंलगायतका अन्नलाई शतबीजको रुपमा छर्ने गरिन्छ। 

यसै अवसरमा पारेर पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायतमा क्षेत्रमा आज बिहानैदेखि शतबीज छर्ने भक्तजनहरुको भीड लागेको थियो। यस वर्ष शतबीच छर्न आएका भक्तजनहरुलाई चिसो नहोस् भनेर पशुपति क्षेत्र विकास कोषले त्रिपालको समेत व्यवस्था गरेको थियो। 

विगतमा त्यस्तो व्यवस्था नहुँदा भक्तजनहरु चिसोले कठयांग्रिने गरेको थिए। सोही अवस्थालाई ध्यानमा राखेर यो वर्ष रातभर द्धिप बालेर जाग्राम बस्ने भक्तजनहरुलाई त्रिपालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए। बाल चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनहरुले गुह्यश्वरी मन्दिरमा पनि पुजा गर्ने गर्दछन्। शतबीज छरेर विधिपूर्वक चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समापन गर्ने गरिन्छ। 


ट्रेन्डिङ पोस्ट

Ncell