PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


बुकिङ खुल्ला, अग्रस्थानमा कुन फिल्म?


पहिलोपोस्ट

बुकिङ खुल्ला, अग्रस्थानमा कुन फिल्म?

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ। प्रदर्शनमा नेपाली फिल्म 'प्रसाद'सँगै दुई विदेशी फिल्म छन्। नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना', 'केदाराथ' र 'प्रसाद'मा बुकिङको हिसाबले को अघि छ ?

दिनेश राउत निर्देशित 'प्रसाद'लाई उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा १२ सो दिएको छ। उता प्रियांका निर्माण गरेको फिल्म 'पाहुना'ले ५ सो पाउँदा 'केदाराथ'ले १५ सो पाएको छ।

विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनित 'प्रसाद'ले सिभिलमा ४, छायाँमा ३, लबिममा ३, कुमारीमा २ र जय नेपालमा १ सो पाएको हो। 'पाहुना'ले छायाँमा २, लबिममा, कुमारीमा र सिभिल गरि ५ सो पाएको हो।

बलिउडमा प्रतिक्षित मानिएको केदारनाथले लबिममा ४, सिभिलमा ४, जय नेपालमा ३, छायाँमा ३ र कुमारीमा १ सो पायो। अहिलेसम्म सोको हिसाबले केदारनाथ नै अग्र स्थानमा छ। फिल्म 'प्रसाद'का ४ सोका सिट भरिँदै गएको छ। क्यूजले भने 'केदारनाथ'लाई ५ र 'प्रसाद'लाई २ सो दिएको छ। 'पाहुना'ले पनि २ सो पाएको छ।

सिने डि सेफले भने 'पाहुना'लाई २, 'प्रसाद' र 'केदारनाथ'लाई ३/३ सो दिएको छ। बिएसआरले 'प्रसाद' 'केदारनाथ' र 'पाहुना'लाई क्रमश ५, ३ र १ सो दिएको छ। प्रसादले एफ क्युबमा ४ सो पाउँदा 'केदारनाथ'ले पनि ४ सो नै पायो। उता 'पाहुना'लाई एफ क्युबले १ सो दिएको छ। 'प्रसाद'ले मल्टिप्लेक्समा २६ सो पाउँदा  'केदारनाथ'ले २९ पाएको छ। सोका हिसाबले अहिलेसम्म बलिउड फिल्म 'केदारनाथ' नै अघि देखिन्छ।



बुकिङ खुल्ला, अग्रस्थानमा कुन फिल्म? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट