PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


पाँचौ संस्करणको क्लाइम्बमान्डु मंसिर अन्तिम साता हुने


पहिलोपोस्ट

पाँचौ संस्करणको क्लाइम्बमान्डु मंसिर अन्तिम साता हुने

काठमाडौँ : एस्ट्रेक कलाम्बिङ वालको आयोजनामा पाँचौँ संस्करणको क्लाइम्बमान्डु यही मंसिर अन्तिम साता (डिसेम्वर १५ र १६) मा हुँदैछ।

नेपालकै सबैभन्दा ठूलो क्लाइम्बिङ इभेन्टको रुपमा रहेको यस प्रतिस्पर्धामा करिब २ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

एडेभेन्चर स्पोर्ट्स विधामा पर्ने क्लाइम्बिङले पछिल्लो समय विश्वमा छिटो प्रगती गरिरहेको छ। सेप्टेम्वरमा इन्डोनेसियामा भएको एसियन गेम्समा पनि नेपाली खेलाडीले स्पोर्ट्स क्लाइम्बिङमा भाग लिएका थिए। यस्तै सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकमा पनि यो खेललाई समावेश गरिएपछि यसको चर्चा झनै बढेको छ।

नेपालमा पनि स्पोर्ट्स क्लाइम्बिङको बारेमा सबैलाई बुझाउन र व्यस्त लाइफस्टाइल रहेको काठमाडौँमै पनि आउटडोर एक्टिभिटिजको मज्जा दिन सकिन्छ भन्ने देखाउन क्लाइम्बमान्ड आयोजना गर्न लागेको अर्गनाइजर निरज कार्कीले बताए।

दुई दिन हुने यस प्रतियोगितामा नेपाल बाहेक भारतबाट समेत खेलाडीहरु आउने उनको भनाई छ। भारतको टप क्लाइम्बर अभिषेक मेहता पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउँदैछन्।

सन् २०१७ मा भएको एसियन क्लाइम्बिङ च्याम्पियनसिपमा तेस्रो भएकी नेपालका पञ्चमाया तामाङले पनि प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा लिड, स्पिड र बोल्डरिङ गरी तीन फरक इभेन्टमा प्रतिस्पर्धा गराइनेछ। सहभागीमध्ये करिब २ सय मध्ये ८० जना कोर क्लाइम्बर हुने र उनीहरुले तीनवटै विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

क्लाइम्बमान्डुको मुख्य प्रायोजकमा द नर्थ फेस रहेको छ भने  ला स्पोर्टिभा र ब्ल्याक डायमण्ड सहप्रायोजनमा रहनेछ।

हिमालयन रोडिजको पहिलो सिजनको विजेता तथा क्लाइम्बर समन श्रेष्ठ यस प्रतिस्पर्धामा इन्स्ट्रक्टरको रुपमा रहनेछन् भने पाङ्ग्रोले व्यवस्थापनमा सहयोग गर्नेछ।



पाँचौ संस्करणको क्लाइम्बमान्डु मंसिर अन्तिम साता हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट