PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


दीपकराज गिरी - मेरो खम्बा दीपा जी!


पहिलोपोस्ट

दीपकराज गिरी - मेरो खम्बा दीपा जी!

काठमाडौं : 'छक्का पञ्जा'का सबै सिरिजलाई लिड गर्ने कलाकार हुन् दीपकराज गिरी। फिल्ममा रहेको उनको 'राजा' पात्रलाई दर्शकले रुचाएका छन्। फिल्मलाई भने दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। हालै 'छक्का पञ्जा ३'ले ५१ दिन मनाएको अवसरमा दीपक र दीपाले सेलेब्रेसन कार्यक्रम आयोजना गर्‍यो।

'छक्का पञ्जा ३ ले ५१ दिन मनाइरहेको छैन। नेपाली फिल्म क्षेत्र अनि सबैको हो। हाम्रो सौभाग्य भन्ने कि दुर्भाग्य हामी यति ठूलो मार्केटसँग प्रतिस्पर्धा गर्नु परेको छ। विश्वकै दोश्रो स्थानमा रहेको बलिउडसँग प्रतिस्पर्धा गर्नु परेको छ। जहाँ अरबौं रुपैँयामा फिल्महरु बन्ने गर्छन्। प्रविधि कहाँ पुगिसक्यो,' कार्यक्रममा दीपकले भने 'त्यस्ता महंगा फिल्मसँगै एउटै पर्दामा र एउटै रुपैँयामा लाग्छ नेपाली फिल्म। यस्तो प्रतिस्पर्धा गरिरहेका छौं हामी। कुनै पनि भारतीय फिल्मले नेपालमा गरेको ब्यापार भन्दा उत्कृष्ट ब्यापार गर्नु हामी सबैको सफलता हो।'

उनले प्रविधिमा बलिउडसँग प्रतिस्पर्धा गर्न नसके पनि कथामा गर्न सकिने तर्क गरे। 'वर्षमा ५२ हप्ता छ, हामीले एकदिन प्रमाणित गर्नुछ, नेपालमा नेपाली फिल्म पहिलो स्थानमा छ। बलिउडसँग प्रविधिमा प्रतिस्पर्धा नभइ कथामा गर्न जरुरी छ' उनले भने।

नेपाली फिल्मका गीतहरुले नेपाली दर्शकको मन जितेको बताउँछन् दीपक। उनले आफ्ना प्रियहरुलाई खम्बा सम्बोधन गरे 'मेरो खम्बा भनेको दीपा जी, माग्ने जी, मुन्द्रे जी।'

कार्यक्रममा फिल्मसँग सम्बन्धित वितरक, कलाकार, संगीतकारलाई सम्मान एवं प्राविधिकलाई बोनस प्रदान गरियो। त्यस्तै ५१ दिन मनाएका हलहरु सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरलाई सम्मान गरियो।

फिल्ममा भने दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईं, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय छ।

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्ममा दीपकराज गिरीको कथा, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान सुजिल कर्माचार्यको पार्श्वसंगीत छ।



दीपकराज गिरी - मेरो खम्बा दीपा जी! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट